Nepal's First Video FM

सुनको मूल्य महँगिदै, नेपाली बजारमा सुनको कृत्रिम अभाव

551

काठमाडौं । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमै असर परेपछि सुनको मूल्य दैनिक उकालो लागेको छ ।

महामारीका कारण सुन उत्पादन गर्ने खानीमा श्रमिक अभाव र व्यापारीहरुको लगानी सुनमा केन्द्रित रहेकाले महँगी बढेको जानकारहरु बताउँछन् ।

विश्व बजारमा कोभिडको कारण उद्योग व्यापार प्रभावित बनेको छ । लगानी सुरक्षित गर्ने विश्वासले लगानीकर्ताहरु सुनमा आर्कषित बन्दा सुनको मूल्य बढेको छ ।

बिश्व अर्थतन्त्रमा लामो समयदेखि अमेरिका र चीनबीच व्यापारिक युद्ध बल्झिने आशंकाले पनि लगानीकर्ता सुनमा लगानी गर्न उत्पे्ररित भएका छन् । यसका अतिरिक्त अन्तर्राष्ट्रिय बजारमा बैंकहरूले ब्याजदर घटाएका छन ।

नेपाल राष्ट्र बैकका अनुसार कोभिडको महामारीपछि विश्वका बिभिन्न देशहरुमा बैंक तथा बित्तीय संस्थाहरुले सुन कर्जामा १६ प्रतिशतले वृद्धि गरेकाले पनि सुनको मूल्य बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको छ । शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

जुन अघिल्लो कारोबार दिनको तुलनामा तोलामा सात सय रुपैयाँले बढी हो । शुक्रबारका लागि महासंघले तेजावी सुनको मूल्य ९० हजार रुपैयाँ तोकेको छ । महासंघका अनुसार गत चैत २४ गतेदेखि बैशाख ३ गते सम्म बजारमा ११ दिनको अवधिमा मात्र ३ सय केजी सुनको बिक्री भएको छ ।

नेपाल सुन चाँदी ब्यवसायी महासंघले बजारमा अहिले सुनको माग एक्काशी बढेको हुदाँ पनि बजारमा अभाव भएको जनाएको छ । उपभोक्ताहरुले भने केही सुन ब्यवसायीहरुले कृत्रिम अभाव सिर्जना गरी ग्राहकलाई महँगोमा सुन बिक्री गरेको गुनासो गरेका छन् ।

You might also like

Comments are closed.