चर्चित कलाकार बद्री पंगेनीको युटुबरहरुलाई कडा प्रश्न ! सचिन परियारलाइ राखेर अन्तरबार्ता गर्दै गर्दा – बाल मस्तिष्कमा कस्तो असर पर्छ?
काठमाडौँ, लोकप्रिय गायक बद्री पंगेनीले यो बेला बिबादमा तानिएका सचिन परियारको परिवारको बिषयलाई लिएर एक स्टाटस पोस्ट गरेका छन।
मिडियाले सचिन परियारको बाल मस्तिष्कमा असर पर्ने गरि अन्तरबार्ता लिएको र संबेदनशीलतालाइ भुलेको भन्दै आक्रोशित भएका छन।केहि दिन देखि लगातार मिडियाले सचिन परियारको परिवारलाई बिबादमा तानिरहेका छन।
सानो बाल बालिकालाई राखेर परिवारको कुरा सोध्ने र बिभिन्न प्रश्न गरि बाल बालिकाको सोचाइलाई गलत तरिकाले प्रयोग गरि पैसा कमाउने काम भएको भन्दै बद्री पंगेनीले आक्रोशित हुदै स्टाटस लेखेका छन।केहि समय अगाडी सचिन परियार मिडियाबाटनै भाइरल भएका थिए।
“के छ हजुर” भन्ने शब्दलाइ लिएर सबैतिर चर्चा आयो जसको कारण सचिन परियार भाइरल भएका थिए।तर यो बेला सचिन परियारको आमा मिडियामा आए संगै यो बिषयले अर्को मोड लिएको हो।उनकी आमा मिडियामा आएर छोरोलाई भेट्न नपाएको भन्दै रोएको थिइन।
बद्री पंगेनीको स्टाटस जस्ताको तस्तै,
प्रीय युटुबर मित्रहरु! बाल कलाकार सचिन परियारको बाबा आमा संग अन्तर्वार्ता लिदै गर्दा तपाईंहरुले सचिन र उनको भाइ बैनीलाई संगै नराख्दा के हुन्छ? अन्तर्वार्तामा सचिनको बाबा आमाको अस्वभाविक संवाद त्यहा प्रयोग भएका शब्द र भावहरुले ती बाल मस्तिष्कमा कस्तो असर पर्छ? यति बिचार त पुर्यादिनुस न प्लिज्🙏🙏
Comments are closed.