Nepal's First Video FM

सरकार ढाल्ने खेल भयो, सबै जनता प्रतिवादमा उत्रौैँ , आउने बजेटमा सामाजिक सुरक्षा भत्ता बढ्ने : उपप्रधानमन्त्री ईश्वर पोखरेल

431

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले वर्तमान ओली सरकार ढाल्ने खेल सुरु भइरहेको भन्दै सबै जनता प्रतिवादमा उत्रिनुपर्ने बेला आएको बताउनुभएको छ ।

शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताए ।

जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्ने पोखरेलले बताए ।

निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो र्दुभाग्य हुने बताउ । सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै पोखरेलले सरकार ढाल्ने ,जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए ।

उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए । पोखरेलले आगामी आर्थिक बर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाईने पनि बताए ।

You might also like

Comments are closed.