काठमाडौं । परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप ज्ञवालीले माओवादी केन्द्र नभए पनि देश चल्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका तर्फबाट कोही पनि प्रतिनिधि सहभागी नभए पछि मन्त्री ज्ञवालीले माओवादी नभए पनि देश चल्ने टिप्पणी गरेका हुन् ।
नेपाली कांग्रेस, जसपा, नेमकिपा तथा राप्रपाका नेताहरु सर्वदलीय वैठकमा सहभागी भए पनि माओवादी भने सहभागी भएन । एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पनि बैठकमा सहभागी भएनन् ।
यसै बीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका छन् । प्रधानमन्त्री ओलीले दाहाललाई बैठकमा सहभागी हुनको लागि हिजै फोन गरेर निम्ता दिएका थिए । तर, दाहालले आफू बालुवाटार नआउने जवाफ दिएको उनको सचिवालयले जनाएको थियो ।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्बदलीय बैठक सुरु भएको छ । उक्त बैठकमा दाहालसँगै एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, अर्का नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, जसपाका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छैनन् ।
Comments are closed.