Nepal's First Video FM

गायक भिम श्रेष्ठको ‘ओ माई लर्ड’ सार्वजनिक

0 387

काठमाडौँ । गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ माई लर्ड’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको गीतमा मायालु प्रतिको प्रेम भाव व्यक्त गरिएको छ। गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक भिम श्रेष्ठको रहेको छ। यस गीतलाई शैलेन्द्र एम प्रधान ‘बाबु’ले संगीत संयोजन गरेका हुन्।

युवा युवती बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन्। अर्जुन तिवारीले छायांकन गरेको यस गीतलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो।

‘अक्सर छाता’ बोलको गीतबाट आफ्नो गायन यात्रालाई प्रारम्भ गरेका गायक श्रेष्ठले यसअघि ‘जानेबेला’, ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन्। भर्खरै सार्वजनिक म्युजिक भिडियो गायक श्रेष्ठको आधिकारिक च्यानल ‘भिम श्रेष्ठ अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो।

You might also like

Leave A Reply

Your email address will not be published.