कमल सरगम-काठमान्डौ, देवि आले र चिज गुरुङको टिम बिजयी भएर अर्को खेलको लागि प्रवेश भएका छन। यो समय चर्चा र बिबाद दुवै खेपिरहेको एक मात्र रियालिटी सो दोहोरी च्याम्पियनको छैठौ खेल सकिएको छ।
पहिलो भागनै सर्बाधिक बिबादित बनेपछि दोहोरी च्याम्पियन प्रति दर्शकको मनमा चोट पुगेको थियो। अहिले भने दर्शककै चाहना अनुरुप कार्यक्रम अगाडी बढेको छ। देवि आले र चिज गुरुङ संग भिडन्त मनिषा बि.क र सुनिल बि.कले गरेका थिए।
मनिषाको टिमले केहि अंक कम ल्याएर पराजय भोग्नु पर्यो भने चिज गुरुङको टिम अर्को राउण्डको लागि प्रबेस भएको छ।दोहोरी च्याम्पियनमा देशभरबाट प्रतिष्पर्धी आएका छन। ४ जना निर्णायक र २ कार्यक्रम प्रस्तोता रहेको एक मात्र मौलिक रियालिटी सो दोहोरी च्याम्पियनले अझ दर्शकको मन जित्ने कार्यक्रम प्रस्तोता तथा लोकप्रिय गायक बद्री पंगेनीले जानकारी दिएका छन। यो पटक अथिति निर्णायकको रुपमा लोकप्रिय गायक प्रकाश सपुत र देबी घर्ति रहेका थिए।
प्रकाश सपुत र देवी घर्तीले जव दोहोरी गाउँन थाले त्यस पछि दर्शक दीर्घामा रहेका सहभागी व्यक्ति देखि निर्णायक समेत उत्साहित देखिएका थिए भने प्रकाशले दोहोरी च्याम्पियनको खुलेर प्रशंसा गरेका थिए।
यता देवी घर्तीले सबैलाई हसाएकि छिन।दोहोरी च्याम्पियनको सो मा आफु पुग्दा कलाकारहरुको प्रस्तुतिले खुसि मात्रै भैनन देवी आफै हसाउन समेत तयार भइन।आम दर्शकले माया गरेको देवी घर्तीको प्रस्तुतिमा रमाउनेको लर्को लाग्यो।
एता दोहोरी च्याम्पियनमा देवि आले र चिज गुरुङको पक्षमा ५ सय ८४ दशमलब ५ मत प्राप्त भएको थियो भने भिडन्त मनिषा बि.क र सुनिल बि.कको पक्षमा ५ सय ७४ मत प्राप्त भएको थियो।कार्यक्रम नेपाल टेलिभिजन मार्फत प्रशारण हुने गर्छ।यो हप्ताको कार्यक्रम होलि बिशेष रहेको थियो।
Comments are closed.