कार्यक्रम इन्द्रेणीले अब आफ्नै भाका प्रयोग गर्ने भएको छ।पहिलोपटक कृष्ण बजागाईले भाका निर्माण गरेर इन्द्रेणीमा पहिलोपटक आफ्नै भाकामा दोहोरी सुरु गरिएको छ।

दैनिक जसो इन्द्रेणीमा कपीराइट आउन थालेपछि इन्द्रेणीले अब आफ्नै भाकामा दोहोरी गाउन लागिएको इन्द्रेणीका संचालक कृष्ण कंडेलले लालीगुराँस डटकमलाइ जानकारी दिनु भयो।
पुरानो सृजनाको संरक्षण गर्न खोज्दा चलेकै कलाकारहरुबाटनै इन्द्रेणीमा गलत आचरण देखिएको भन्दै अब इन्द्रेणीले आफ्नै भाकामा दोहोरी गाउने उनको भनाइ छ।
बिस्तारै आफ्नै भाका निर्माण गर्न लागिएको कृष्ण कंडेलको भनाइ छ। चिज गुरुङ र कृष्ण बजागाईले गाएको आजको दोहोरी कृष्ण बजगाईकै संगीतमा बनेको हो।
केहि दिन देखि निरन्तर इन्द्रेणी प्रति कपीराइट लाग्न थालेको छ।पुरानो भागहरुमा पनि कपि राइट लागेपछि कलाकारहरुले इन्द्रेणी प्रति गरिएको यो ब्यबहारको खुलेर बिरोध गरेको छन।
पछाडीबाट छुरा हान्ने काम कसैले गर्नु हुदैन भन्दै कलाकारहरु एकजुट भएका छन।सामाजिक काम गर्ने इन्द्रेणी जस्तो मन्दिरलाइ फोहोरीहरुको आँखा लागेको भन्दै अब इन्द्रेणी प्रति कसैले गलत दृष्टिकोण राख्न नपाइने समेत भनिएको छ। हेरौ इन्द्रेणीको नया भाग :
Comments are closed.