Nepal's First Video FM

एमालेको विभाजन रोक्न अन्तिम प्रयास, आज कमिटी बैठक बस्ने !

273

काठमाडौं, नेकपा एमालेको आज ६ वैशाखमा डाकिएको आयोजक कमिटी बैठकमा चासो बढेको छ । कर्णाली प्रदेशमा फलोर क्रस भएपछि पहिलोपटक बस्न लागेको एमाले बैठकले फेरि कठोर निर्णयहरु लिने सम्भावना रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनसम्बन्धी कडा कदमहरु चाल्ने तयारी गरेको बुझिएको छ । यसअघि पार्टीबाट निलम्बित केही नेताहरुमाथि थप कारबाहीको तयारी भएको छ ।

थप कारबाहीलाई दृष्टिगत गरी नेता भीम रावलले हिजो पार्टी फुट्न सक्ने भएकाले तयार रहन भनेका छन् । उनले गृहक्षेत्र सुदुरपश्चिम पुगेर समर्थकलाई सम्भावित परिस्थिति कठोर हुनसक्ने भन्दै तयार रहन भनेका हुन् ।

कर्णाली प्रदेशमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमा फ्लोर क्रस भएको खुलिसकेको छ । अब उनीसहित निकटस्थहरुमाथि थप कारबाहीको निर्णय गर्न लागिएको बुझिएको छ ।

एमालेभित्र माधव नेपाल पक्षले समानान्तर कमिटी गठन गरेको छ । अध्यक्ष ओली विरोधीहरुलाई एकपछि अर्को गर्दै निरन्तर कारबाही गरिरहेका छन् । दुई पक्षबीच टकराव बढिरहेको छ । यसको असर केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहमा देखिइसकेको छ ।

You might also like

Comments are closed.