Nepal's First Video FM

सभामुख सापकोटासँग बिना छलफल : सरकारले गर्यो हिउँदे अधिवेशन अन्त्य

154

काठमाडौं – सभामुख अग्नि सापकोटासँग सामान्य छलफल र परामर्श नै नगरी सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले आजैबाट लागु हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको समाचारमा थियो ।

मन्त्रिपरिषदको निर्णय लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै अधिवेशन अन्त्यको घोषणा गरेकी हुन्। सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग समेत परामर्श गर्ने प्रचलन छ। तर, प्रधानमन्त्री र सभामुखबीच सुमधुर सम्बन्ध नभएकाले यस्ता छलफल हुन छाडेका छन्।

You might also like

Comments are closed.