पोखरा – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.डिला संग्रौलाले प्रधानमन्त्री केपीओलीको प्रतिगामी, अलोकतान्त्रिक राष्ट्रवादको नक्कली खोल पछिल्लो घटनाक्रमले उदांगो भएको बताएकी छन् । संग्रौलाले प्रधानमन्त्री ओलीको राष्ट्रवादको मुकुण्डो भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँगको भेटपछि उदाङ्गो हुँदै गएको बताएकी हुन् ।
सोमबार पोखरामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राष्ट्रवादका ठूला–ठूला गफ गर्ने प्रधानमन्त्री ओलीले मध्यरातमा भारतीय गुप्तचर प्रमुखसँगको भेटपछि नक्कली राष्ट्रवाद उदांगो भएको जानकारी गराइन । नेतृ संग्रौलाले कोरोना संक्रमणसँगै आर्थिक अवस्था कमजोर भएका जनता गाँस, बास र कपास जस्ता आवश्यक सेवाबाट बञ्चित भएको बेलामा प्रधानमन्त्री केपी ओलीको सरकार बालुवाटारमै सीमित भएको आरोप लगाइन् ।
नेतृ संग्रौलाले सरकारमा बसेकाहरु पार्टीको आन्तरिक झगडामा रुमल्लिएको बताउँदै प्रतिनिधिसभा भंग भएपछि पनि प्रधानमन्त्री ओलीले नैतिकता नदेखाएको आरोप लगाइन् । ‘प्रधानमन्त्री ओलीले भंग गरेको संसदलाई सर्वोच्च अदालतले पुनःस्थापना गर्दा समेत प्रधानमन्त्री कुर्सीमै टाँसिए’ उनले भनिन् । ‘उहाँमा कुनै नैतिकता देखिएन । उहाँमा राजनैतिक नैतिकता भन्ने चिज नै हराएछ ।’
Comments are closed.