कैलाली – अछाम १ को ‘ख’ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्य झपट बोहरा पदमुक्त भएका छन्। नेकपा एमाले प्रवेश गरेका बोहरालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको थियो।
बोहरा पार्टीमा नरहेको भन्दै माओवादी दलको नेतासमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए। सोमबारको प्रदेशसभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले उक्त पत्रको जानकारी गराएको सुनाएसँगै बोहरा पदमुक्त भएका जनाइएको छ।