वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिनकै दिन – उनी सहित परिवारका ५ सदस्यलाई कोरोना सङ्क्रमण
काठमाण्डौं । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई जन्मदिनकै दिन कोरोना संक्रमण भएको छ । श्रेष्ठ सँगै उनको परिवारका ५ जनामा कोरोना देखिएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु लगायत, छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना देखिएको बताएका छन् ।
फेसबुकमा उनले लेखेका छन्,‘मलगायत छोरा, छोरी, बुहारी र नातिनी पाँचै जनालाई कोरोना पोजेटिभ देखिएको छ ।’ श्रेष्ठले कोरोना भाइरसलाई खेलाँची नगर्न पनि गआ्रह गरेका छन् ।
उनले भनेका छन्, ‘कोरोना भइसकेपछि सास्ती हुने रहेछ त्यसैले यो भाइरसलाई खेलाँची नगर्नु होला ।जति सकिन्छ कोरोनाबाट सतर्क रहनु होला।’ श्रेष्ठको आज जन्मदिन पनि हो।
Comments are closed.