Nepal's First Video FM

यि हुन् नक्कली डाक्टर , बागबजारमा एसएलसीको नक्कली सर्टिफिकेट बनाएर डाक्टर बने !!

0 477

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसएलसीको नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेको आरोप लागेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

ब्युरो प्रमुख सहकुलबहादुर थापाका अनुसार उनीहरुमध्ये चार जना नेपाल मेडिकल काउन्सिलमा ‘रजिस्टर्ड’ डाक्टर हुन् ।

थापाका अनुसार काउन्सिलमा दर्ता भएका डाक्टर मध्ये सप्तरीका मोहमद सिद्दिक बिराटनगरको न्यूरो अस्पताल, महोत्तरीका सुभासप्रसाद शाह धनुषाको जनकपुर चिल्ड्रेन अस्पताल, धनुषाका मोहम्मद शाहिद राजा चाबहिलको दीर्घायू अस्पताल र मनाङका दीपेन्द्र गौतम रूकुमको चौरजाहरी मिसन अस्पतालमा कार्यरत थिए ।

उनीहरुविरुद्ध लिखत सम्बन्धी कसूरमा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान गर्ने थापाले बताए ।

उनका अनुसार पक्राउ परेका सप्तरीका अखिलेखकुमार देव, महोत्तरीकी पल्लवी सिंह र ललितपुरका फराज हुसेन खाँ चाँहि कतै पनि काम गर्न थालेका थिएनन् ।

You might also like

Leave A Reply

Your email address will not be published.