Nepal's First Video FM

पद जोगाउन मन्त्रालय फुटाएर भागबन्डा !

230

काठमाडौं । आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको सबा तीन घण्टा नबित्दै सोमबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपां) का ४ सांसदलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरे।

मुख्यमन्त्री पोखरेल आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ र हस्ताक्षर नगर्ने एक सांसदलाइ मन्त्रीपद उपहार दिएर सरकार जोगाउन सफल भएका हुन्।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएलगत्तै मुख्यमन्त्रीले मन्त्रालय फुटाएर मन्त्रालयको संख्या सातबाट आठ बनाए।

उनले बहालवाला मन्त्रीको जिम्मेबारी पनि हेरफेर गरे। यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्दै आएका बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र ग्रामीण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीलाई आन्तरिक मामिला तथा कानुन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय दिइएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेललाइ उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। यो खबर समाचार आजको नागरिक दैनिकमा छापिएकाे छ ।

You might also like

Comments are closed.