Nepal's First Video FM

आज सुनको मूल्य घट्यो तोलाको कति पुग्यो त ? थाहापाऊनुहोस् !

0 414

काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले गिरावट आएको छ । सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुन तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यो पनि पदनुहोस :काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको सहायक कम्पनी एनआईबिएल एस क्यापिटलले नयाँ म्युचुअल फण्ड निस्कासन गर्ने भएको छ । कम्पनीले बैशाख १३ गतेबाट नयाँ “एनआईबिएल समृद्धि फण्ड २” को बिक्रि खुल्ला गर्ने भएको हो ।

यस योजनाको आकार रु १ अर्ब २० करोड र यस योजना १० वर्षको अवधि सम्म संचालनमा रहनेछ । प्रति इकाई मूल्य रु १० दरको १२ करोड इकाई मध्ये बीज पूँजी बापत १० लाख इकाई योजना ब्यवस्थापक तथा न्यूनतम २ करोड ३० लाख इकाई कोष प्रबद्र्धकका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा २० प्रतिशत अर्थात २ करोड ४० लाख इकाई सुरक्षित राखि बाँकी न्यूनतम ९ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताहरुका लागी बिक्री खुला गरिनेछ ।

यो फण्डमा लगानी गर्ने लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा बैशाख १६ गते हुनेछ भने ढिलोमा बैशाख २७ गते हुनेछ ।

You might also like

Leave A Reply

Your email address will not be published.