Nepal's First Video FM

बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु, २१ जना घाइते

0 257

कपिलवस्तु – कपिलवस्तुको बुद्धभूमि–९ मा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्युु भएको छ। उक्त दुर्घटनामा परि २१ जना घाइते भएका छन्।

कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीका अनुसार बुटवलबाट कृष्णनगर जाँदै गरेको लु१ख ५६८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ३०१२ नम्बरको ट्रक बिहान १०ः५० बजेको समयमा आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा बसका चालक वाणगंगा नगरपालिका–१ का २९ वर्षीय कृष्णबहादुर कुँवरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रकका चालकसहित २५ जना घाइते भएकोमा पाँच जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

सामान्य चोट लागेकालाई स्थानीय बुद्ध पोलीक्लिनिक, चौराह अस्पताल लगायत स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। अन्यलाई थप उपचारका लागि बुटवल पठाइएको जनाइएको छ।

You might also like

Leave A Reply

Your email address will not be published.