Nepal's First Video FM

पुर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई जेल हाल्नुपर्छ : नेता भीम रावल

361

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले पार्टीको अनुशासन सबभन्दा बढि उल्लंघन गर्ने केपी शर्मा ओलीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । ओलीले आफू प्रधानमन्त्री हुनको लागि प्रचण्डसँग गोप्य सम्झौता गरेको रावलले आरोप लगाए ।

जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावलले ओलीले गरेका सम्पूर्ण क्रियाकलाप अवैध र पार्टीको विधान विपरित रहेको पनि उनको आरोप छ ।

रावलले पुर्वअर्थमन्त्री तथा अमेरिकाका राजदुत डा.युवराज खतिवडालाई पक्राउ गरेर कारवाही गर्नुपर्ने बताए। एमसीसी सम्झौंता गर्न मुख्य हात खतिवडाको रहेको भन्दै तत्काल पक्राउ गरेर कारवाही गर्नुपर्ने बताए।

You might also like

Comments are closed.