Nepal's First Video FM

तिब्र गतिमा फैलिदै नेपालमा कोरोना संक्रमण – आज मात्र थपिय यति धेरै संक्रमित, के लकडाउन होला त अब ?

340

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर एक हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ जनाको ज्यान गयको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै देशभर ८ हजार ६५९ जना सक्रिय संक्रमित पुगेका छन्। ८ हजार ५५ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७३६ जनामा कोरोना पुष्टि भएकाे हाे। हालसम्म २ लाख ८७ हजार ५६७ जनालाई कोरोना सक्रमण पुष्टि भइसकेको छ।

आज देशभर २५१ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। २ लाख ७५ हजार ८०६ जनालाई कोरोना संक्रमण निको भइसकेको छ। अहिलेसम्म ३ हजार १०२ संक्रमितको मृत्यु भइसकेकाे छ।आज देशभर ९२ जना संक्रमित क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो पनि पढ्नुहोस :बागलुङको जनताधन माविका थप ३९ विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा उक्तमा कोरोना पोजेटिभ देखिएको हो ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङले यस अघि सोही विद्यालयका दुई शिक्षक र एक विद्यार्थीमा कोरोना देखिएपछि ९८ जना विद्यार्थी र शिक्षकको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोरोना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिएका छन् ।

संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न अनुरोध गरिएको जानकारी दिए। शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण भए पछि आईतबारदेखि नारायणस्थान क्षेत्रका विद्यालयमा पठन पाठन बन्द गरीएको छ ।

यस्तै बाँकेमा वैशाख ९ गतेदेखि लकडाउन घोषणा गर्ने निर्णय भएको छ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख ९ गतेदेखि एक सातासम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो।

You might also like

Comments are closed.