काठमाडाैं- थ्रिनेसन्स कप क्रिकेट सिरिजअन्तर्गत तेस्राे खेलमा नेपाल पराजित भएकाे छ । मंगलबार भएकाे खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित गरेकाे हाे । जितको लागि २ सय ७ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.३ ओभरमा गुमाउँदै पूरा गरेकाे हाे ।
नेदरल्यान्ड्सका बास डी लिडले ४२ बलमा ७ चौका र ५ छक्कासहित ८१ रन अविजित रहँदै टोली जित दिलाए । यता, बेन कुपर ३५ बलमा १० चौकासहित ५५ रनमा आउट भए । कप्तान पिटर शिलारले ३१ रनमा आउट भए । यता, टोबियस भिसेले १५ रन बनाए ।
नेपालका लागि स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा ४८ रन खर्चेर ४ विकेट लिए। करण केसी, कुशल मल्ल र अभिनाश बोहराले १/१ विकेट लिए । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेलेपछि नेपालले २०६ रन बनाएको हो ।
तीन खेलमा लगातार तेस्रो अर्धशतक पूरा गरेका भुर्तेलले ४६ बलमा आठ चाैका र एक छक्का प्रहार गर्दै ६२ रन जोडे । यसअघि उनले सोमबार मलेसिया र शनिबार नेदरल्यान्ड्सविरुद्ध अर्धशतकीय इनिङ्स खेलेका थिए । यता, ऐरीले ३० बलमा पाँच छक्का र तीन चाैकासहित ६० रन बनाए । सोमपाल कामीले २१, ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८, विनोद भण्डारीले सात रन बनाए ।
करन केसीले एक रनमात्र जोड्दा आसिफ सेखले खाता खोल्नसमेत असफल रहे । नेदरल्यान्ड्सका भिभिएन किङमा र पिटर सिलारले २/२ विकेट लिए । यस्तै, बास डे लीडे र अर्यान दत्तले एक/एक विकेट हात पारे ।
Comments are closed.