Nepal's First Video FM

रामकुमारी झाँक्री भन्नछिन् : केपी ओलीले सांसद पद हटाए अदालत गइन्छ

236

काठमाडौँ : नेकपा एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जाने बताएकी छन् ।

पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौंको बानेश्वरमा आकस्मिक रुपमा भेला भई छलफल गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै झाँक्रीले अवैधाकि तरिकाले बसेको बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधिएको र सोही अनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानुनी लडाइँ लड्ने बताएकी हुन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै आफूहरुमाथि कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने उनको भनाइ छ । ‘हामी संसदीय दलभित्र लड्छौं, अदालतसम्म पुग्छौं किनभने प्रतिनिधिसभा पुनस्थापनाको मुद्दा पनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेजी गराएको हो नी त’ उनले भनिन् ।

नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानुन र संविधान अनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यत्तिगत तवरबाट जवाफ पठाउने बताइन् ।

‘कुनै यो स्पष्टीकरण दिन लायक स्पष्टीकरण होइन । तर हामी स्पष्टीकरण दिएनौं भने हामीले आफ्नो प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण कानुनतः, संविधानतः हामीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ’ उनले भनिन् ।

You might also like

Comments are closed.