Nepal's First Video FM

नायक किशोर खतिवडाले ‘आत्महत्या प्रयास’ गरेको रहस्य खुलेको छ ! किन यस्तो अवस्था आयो ?

0 197

काठमाडौं । नेपाली चलचित्रका नायक किशोर खतिवडालाई आइतबार केही साथीहरुले ज्ञानेश्वरस्थित हिमाल अस्पताल पुर्याए । उनले विष सेवन गरेको भन्दै इमर्जेन्सीमा लगियो ।

अस्पतालको इमर्जेन्सीमा स्वास्थ्य जाँच गर्दा विष शरीरभित्र पुगेको भेटिएन । ‘उहाँले विष सेवन गरेको भनेर ल्याइएको थियो, तर हामीले चेक गर्दा विषको असर भेटेनौं,’ अस्पतालका हेल्थ एसिस्टेन्ट डम्बर बोहोराले भने, ‘उहाँले विष पिउन खोज्दा साथीहरुले रोक्नु्भएको रहेछ ।’

बोहोराका अनुसार खतिवडालाई मदिराको असर र डिप्रेसनको लक्षण देखिएको थियो । त्यसपछि अस्पतालले उनलाई भर्ना भएर उपचार गर्न सिफारिस गरे पनि किशोरले नमानेपछि घर फर्काइएको थियो ।

बोहोराले भने, ‘हामीले मनोपरामर्शका लागि सुझाव दिएका थियौं । उहाँले के गर्नुभयो थाहा भएन ।’ नेपाल प्रेसले किशोरसँग फोन सम्पर्क गर्दा आफूले आत्महत्या प्रयास गरेको स्वीकार गरे । अहिले पनि आफ्नो स्वास्थ्य अवस्था सामान्य अवस्थामा आइनसकेको उनले बताए ।

हिजो आज लक्ष्मी गदाल नामकी युवतीसँग किशोरको पछिल्लो समय विवाद चलिरहेको , उनीहरुले यूट्यूवमा दिएका धेरै अन्तरवार्ता केही दिनयता भाइरल छन् । युवतीले आफूमाथि किशोरले लामो समयदेखि यौन शोषण गरेको र यातना समेत दिएको आरोप लगाएकी छन् । आफ्नो पेटमा किशोरको बच्चा रहेको उनको भनाइ छ ।

लक्ष्मीले भाडा लिएको कोठामा उनिहरु तीन वर्षदेखि लिभिङ टुगेदरमा थिए । जातको कारण देखाएर किशोरले आफूसँग विवाह गर्न नमानेको लक्ष्मीको आरोप छ । लकडाउनपछि कामविहिन भएका किशोर आर्थिक संकटमा थिए, त्यसबेला लक्ष्मीले उनलाई सहारा दिएकी थिइन् ।

अन्तिम समय आएर बिबाह गर्ने भने पछि उनिहरु को कुरा मिलेको थियो, तर लक्ष्मी दुलहीको भेषमा भद्रकाली मन्दिरमा पुगिन् । तर, किशोर आएनन् । उनले फोन पनि नठाएपछि लक्ष्मीले यूट्यूवरसामु रुवावासी गरेकी थिइन् ।

लकडाउनका कारण चलचित्र निर्माण बन्द भएसँगै कामविहिन बनेका किशोर चरम आर्थिक संकटमा थिए । एउटा अन्तरवार्तामा उनले अब आफूसँग मर्नुभन्दा अर्को विकल्प नभएको बताएका थिए । स्रोत नेपाल प्रेस

You might also like

Leave A Reply

Your email address will not be published.