Nepal's First Video FM

आज बैशाख ८ गते बुधबार, हेर्नुहोस आजको राशिफल

0 95

वि.सं.२०७८ बैशाख ८ गते तद्अनुसार सन्२०२१ अप्रिल २१ तारीख बुधबार चैत्रशुक्लपक्ष नवमी तिथि अश्लेषा नक्षत्र शूल योग बालब करण आनन्दादिमा राक्षस योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ। काठमाडौंमा सूर्योदय बिहान५/३६मा भयो र सूर्यास्त सांझ १८/३१मा हुनेछ।श्रीरामनवमीव्रत,श्रीरामजयन्ती,श्रीरामयात्रा,छन्ददिवस। अनन्तश्री राजगुरु जगद्गुरु वीरेन्द्र ९८५१००५८३२।

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)-रोकिएको काम बन्नेछ।आरोग्यता बढ्ला।सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला।आमोद प्रमोदमा रमिरहनु हुनेछ।विकासको नयाँ सम्भावना देखा पर्नेछ।आशा उत्साह बढ्नेछ।बौद्धिक र रचनात्मक काम बन्नेछ।मिठो भोजन प्राप्त होला।उन्नति पदोन्नति हुनेछ।यात्रामा सफलता प्राप्त होला।आरोग्यता बढ्ला।यश ख्याति फैलिनेछ।मांगलिक कार्यमा पनि सफलता मिल्नेछ।

बृष –TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शुभ र भाग्यवर्द्धक काम बन्नेछ।आरोग्यता बढ्नेछ।खेलकुद र भ्रमणमा आकर्षण बढ्ला।शारीरिक रआर्थिक कार्यमा सफलता मिल्नेछ।मिठो भोजन मिल्नेछ।सुख आनन्द प्राप्त हुनेछ।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, ह) यात्रामा सफलता मिल्नेछ।आयस्रोत बढ्नेछ। लगानी बढ्ला। खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ।मिठो भोजन खान पाउनु हुनेछ।हांसविलासमा रुचि बढ्ला।कार्यव्यापारमा प्रगति होला।प्रेम पात्रसित मिलन हुनेछ।बौद्धिक र रचनात्मक काम पनि बन्नेछ।ईष्टमित सन्तान आदिका साथ पाउनु हुनेछ। पारिवारिक कलह शान्त हुनेछ।मान महत्त्व बढ्नेछ।गीत संगीतमा आकर्षण बद्नेछ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आयस्रोत बढ्नाले आर्थिक समस्याको समाधान प्राप्त हुनेछ।मान महत्व बढ्ला।भोज भत्तेरमा भाग लिनु हुनेछ।आरोग्यता बढ्ला।हांसविलासमा आकर्षण बढ्नेछ। ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ।आफन्तको साथ मिल्नेछ।उन्नति पदोन्नति हुनेछ।देखा परेको समस्याको समाधान खोज्नु हुनेछ।कुनै पनि महत्वपूर्ण निर्णय र ठुलो रकमको लगानीप्रति सचेत रहनुपर्नेछ।

सिंह– (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभ र भाग्यबर्द्धककाममा सफलता मिल्नेछ।हाकिमको साथ मिल्नेछ।कर्ममा रुचि बढ्ला।मिठो भोजन मिल्नेछ।आयस्रोत बढ्नेछ।लगानी उठ्ला।खेलकूदमा भाग लिनुहुनेछ।यात्रा गर्नुहुनेछ।सुख आनन्द बढ्ला।धनसम्पत्ति बढ्नेछ।सुख सम्पदा बढला।आरोग्यता बृद्धि होला।ईष्टमितको साथ मिल्नेछ।ऐश्वर्व बढ्नेछ। बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ। पारिवारिक सुख शांति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ।

कन्या – (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) समस्याको समाधान मिल्नेछ। शुभ काममा प्रवृत्ति बढ्ला।मान महत्व बढ्ला।।भ्रमण बढ्नेछ।विबाद आदिमा नपर्नु उचित रहला।अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ।ऐनकानूनलाई ध्यानमा राख्नु पर्ला। स्वास्थ्यप्रति पनि सचेत रहनु पर्नेछ।

तुला – (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ र भाग्यबर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला।रसरागमा रुचि बढ्नेछ।स्वास्थयमा सुधार होला।आयमा वृद्धि हुनेछ।रसरागमा आकर्षण बढ्नेछ।कार्यव्यपारमा सफलता प्राप्त होला।योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ।धन सम्पदामा बढोत्तरी हुनेछ।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धन सम्पति बढ्ला।साहसिक काम बन्नेछ।मान महत्व बर्चश्व बढ्नेछ।वार्तामा सफलता प्राप्त होला।सुख आनन्द बढ्नेछ।मिठो भोजन मिल्नेछ।विजयश्री प्राप्त होला।उन्नतिपदोन्नति हुनेछ।आफन्तको सहयोग मिल्नेछ।खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ।सुख सुविधाको वस्तु किन्नु हुनेछ।योजना र बजेट बनाइ कार्य बेस होला।ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि होला।

धनु – (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सुख सफलता बढ्नेछ।अन्नधनमा बृद्धि हुनुको साथै आयस्रोतमा पनि बढोत्तरी होला।रोकिएको काम बन्नुसंगै उधारो लगाइएको धन पनि उठ्ला।बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ।मिठो भोजन खान पाउनु हुनेछ।गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ।ईष्टमितको साथ मिल्नेछ।सन्तान सुख बढ्ला।प्रेममा सफलता प्राप्त होला।

मकर – (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ।नियमकानूनले साथ दिनेछ।भएको दायित्वलाई पूरा गर्नु हुनेछ।खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ।अरुको भरमा बस्नु र बिबादमा पर्नु उचित नहोला।योजना र बजेटमा बल बढ्नेछ।राजकिय काम गर्नु बेस रहला। आयस्रोत बढ्ला।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, द) कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ।बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ। नयाँ आयस्रोत बर्द्धक काममा सफलता पाउनुसंगै ईष्टमित र सन्तानको सुख मिल्नेछ।लगानी उठ्ला।रोकिएको काम बन्नेछ।आरोग्यता र ऐश्वर्य वृद्धि होला।साझेदारीको काम बन्नेछ।मिठो भोजन मिल्नेछ।रसरागमा आकर्षण बढ्ला।यात्रामा सफलता प्राप्त होला।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आफन्तको साथ मिल्नेछ।लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ।वार्तामा सफलता मिल्नेछ।आर्थिक पक्ष बलियो बन्नेछ।सुख आनन्द बढ्ला।मिठो भोजन मिल्ला।साझेदारीको काम बन्नेछ।सुख सुविधाको वस्तु बढ्नेछन्।सुख विलास पनि बढ्नेछ।समस्याको समाधान मिल्नेछ।ऋण रोग र शत्रुलाई जीत्ने सामर्थ्य बढ्ला। जोखिममा नपर्नु नै बेस होला।

You might also like

Leave A Reply

Your email address will not be published.