Nepal's First Video FM

माधव नेपाल र झलनाथ खनालले भेटे शेरबहादुर देउवालाई यस्तो सम्म गर्न सक्कने !

413

काठमाडौं, नेकपा (एमाले) का नेताहरु माधव कुमार नेपाल र झलनाथ खनालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

हिजो अपरान्ह नेताद्धय नेपाल र खनालले सभापति देउवाको निवास बुढानिलकण्ठ पुगेर भेटवार्ता गरेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको थियो । पार्टी अध्यक्ष ओलीले नेताद्धय नेपाल र खनालसहित २७ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको बेलामा सभापति देउवासँग भएको आजको भेटलाई अर्थपूर्ण रुपमा लिईएको छ ।

यसअघि पनि नेता नेपालले सभापति देउवासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा पूर्ववत अवस्थामा पुगेको छ । एमाले र माओवादी केन्द्र अलग अलग भएपछि एमालेमा फर्किएको माधव नेपाल पक्ष अहिलेपनि राजनीतिक रुपमा अत्यन्तै कठिन मोडमा पुगेको छ ।

फागुन २८ गतेपछि गरेका सबै निर्णय खारेज हुनुपर्ने यो पक्षको अडान थियो । तर, ओली निर्णय फिर्ताको साटो झनै आक्रामक रुपमा प्रस्तुत भएपछि नेपाल समूहले देशव्यापी रुपमा समानान्तर गतिविधि सञ्चालन गरेको थियो । ओलीले हिजै मात्र माधव नेपाल र झलनाथ खनालसहित ३७ जना सांसदहरुलाई अन्तिम मौका भन्दै स्पष्टीकरण सोधेका थिए ।

यता, नेता नेपाल र खनाल भने प्रधानमन्त्रीबाट ओलीलाई हटाउनको लागि छलफल र सहमति गर्नको लागि देउवा निवास पुगेको स्रोतको दाबी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि ओलीलाई विदाई गर्न कांग्रेस, माओवादी केन्द्र र जसपा सहमत भएको जनाउँदै आएका छन् ।

You might also like

Comments are closed.