Nepal's First Video FM

ओलीको निर्णयमा ‘नेपाल’ समूह फर्किए : पार्टीलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने

359

काठमाडौँ – माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाउने भएको छ । आज बुद्धनगरमा बसेको नेपाल समूहको स्थायी कमिटी बैठकले बिहीबार नै स्पष्टीकरण बुझाउने निर्णय गरेको नेतृ अष्टलक्ष्मी शाक्यले बताइन।

उक्त बैठकमा पार्टीभित्रको आन्तरिक बिषयमा छलफल भएको र थप रणनीतिका साथ अघि बढ्ने निर्णय भएको उनले बताइन । शाक्यले स्थायी समितिका सदस्यबीच छलफल नभएको लामो समय भएकाले आगामी रणनीतिका बारेमा छलफल भएको जानकारी दिइन।

नेकपा एमालेका अध्यक्ष ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।

You might also like

Comments are closed.