Nepal's First Video FM

लोक गायक बालचन्द्रको पहिलो सन्तानको रुपमा लक्ष्मीको आगमन,लागे आजै घरतिर(भिडियो कुराकानी)

303

यो समय दोहोरीबाट सबैको मन जितेका लोकप्रिय गायक बालचन्द्र बराललाई पुत्री लाभ भएको छ।आज दिउँसो मात्रै उनको परिवारमा खुसि छाएको थियो।सोहि क्रममा बाल चन्द्र बराल आफ्नो गृह जिल्ला बुटवल जाने भएका छन।बुटवल जाने क्रममा उनलाई एयरपोर्टमा भेटिएको हो।

उनलाई बधाई दिन गएकी गायिका दोहोरी च्याम्पीयनको बाल चन्द्रकै जोडी शोभा कार्की पनि संगै मिडियामा आएकी छिन।गत बर्ष मात्रै बैबाहिक जीवनमा बाधिएका बालचन्द्रको मागी बिबाह भएको हो।बालचन्द्रको बारेमा उनि श्रीमती निकै चासो लिएर हेर्ने गर्दथिन।बाल चन्द्र जस्तो श्रीमान पाउदा निकै हर्सित भएको समेत उनको अघिल्लो अन्तरबार्तामा जोडिएको थियो।

पहिलो सन्ताननै लक्ष्मीको रुपमा पाएको भन्दै बालचन्द्रले मिडियामा खुसि व्यक्त गरेका छन्। सबैको मन मुटुमा बसेका गायक समेत रहेका बालचन्द्र विशेषगरी इन्द्रेणीको दोहोरीतिर निकै चर्चामा छन।उनले गाएका धेरैजसो दोहोरी निकै हिट छन्।उनको नया गीत पनि बजारमा आएको छ। बालचन्द्र बराललाइ पुत्री लाभ भएकोमा हार्दिक बधाई व्यक्त गर्दछौ।भिडियो हेरौ :

You might also like

Comments are closed.