Nepal's First Video FM

तनहुँका दुई दाजुभाइको बहादुरी : चितुवासँग लडेर ज्यान बचाउन सफल

645

तनहुँ – तनहुँका एक निडर दाजुभाइले नरभक्षी चितुवासँग लडेर आफ्नो ज्यान बचाउन सफल भएको छ । व्यास नगरपालिका–६ शिसाघाटका ५२ वर्षीय मदन कुमाल र उनको भाइ ३९ वर्षीय भेषबहादुर कुमालले बुधबार दिउँसो साढे १२ बजे चितुवासँग लडेर चितुवालाई पराजित मात्रै गरेनन् डोरीले बाँधेर नियन्त्रणमा लिनसमेत सफल भए ।

‘नरभक्षी’ चितुवाले मलाई आक्रमण ग-यो म लडी रहेको देखेर भाइ भेषबहादुर आएर दुबै जना मिलेर चितुवालाई पराजित गर्याैँ’’ अरु मान्छेलाई पनि आक्रमण गर्ने हुनाले जोखिम मोलेर लौरोले चितुवाको मुखलाई थुन्दै चार वटै खुट्टा बाँधेर नियन्त्रणमा लियौं’’ कुमालले भने। दमौली बजार जाने क्रममा चितुवाले दाईलाई आक्रमण गरेको देखेर आफू पनि चितुवा माथी जाई लागेको भेषबहादुरले बताये ।

कुमाल दाजुभाइले चितुवालाई पराजित गरी नियन्त्रण लिन सफल भएपछि सबैले प्रशंसा गरेको शिसाघाटका सन्तोष चदौलाले बताए। एक्ले फाँटमा गाई भैंसी चराउन गोठाला गएका कुमाल चितुवा देखेर गाईवस्तु र एक महिला भागेपछि चितुवालाई धपाउन खोजेका थिए।

चितुवालाई धपाउन खोज्ने क्रममा चितुवाले मदनमाथी आक्रमण गरेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । चितुवाले चिथाेर्दा मदनको दायाँ हातमा चोट लागे पनि भेषबहादुरलाई असर भने पारीको छैन।

चितुवा बुढो भएर शिकार गर्न नसकेर मानव बस्ती नजिक आइपुगेको अनुमान गरिएको छ । मानवलाई आक्रमण गर्ने चितुवालाई घाइते भएको र उद्धार र उपचारको लागि घटनास्थलमा पुगेर डिभिजन वन कार्यालयमा ल्याउँदै गरिएको छ ।

You might also like

Comments are closed.