काठमाडौँ – कलाकार राजेन्द्र खड्गी पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेका छन्। पछिल्लो समय उनले समाजका सबै समसामायिक विषयदेखि नेपाली चलचित्र क्षेत्रको विसंगति र कुरीति तथा कलाकारकाबारेमा टिप्पणी गर्ने गरेका छन् । जसकारण उनी अहिले सामाजिक सञ्जालमा स्पष्ट वक्ताको रुपमा पनि चिनिने गरेका छन्।
नेपाली चलचित्र क्षेत्रमा पाँच सयभन्दा बढी चलचित्रको द्वन्द्व निर्देशन गरेका खड्गीले मिडियामा बोल्ने क्रममाभने उनले चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीचको विवाद सल्टाउन सुुझाव दिएका छन् । यसबारे उनी भन्छन्, ‘नारी हरेक क्षेत्रमा अगाडि बढ्नु पर्छ र कुनै पनि नारी अन्यायमा पर्छन् भने उनले न्याय पाउनु पर्छ।’ त्यसैगरी, पारिवारिक विषयलाई समाचार बनाउने सञ्चार माध्यमहरुप्रति उनले गुुनासो पनि गरेका छन् ।
उनले अहिले नेपाली मिडिया थोरै अराजकतातर्फ मोडिन थालेको बताए । उनी भन्छन्, ’आफुलाई तथाकथित मिडिया भन्नेहरु अहिले श्रीमान र श्रीमतीको झगडामा पनि छिर्न थालेका छन्, जुन विल्कुलै गलत कुरा हो।’
यस्ता मिडियालाई सुझाव दिँदै उनले भने, ‘मिडिया भनेको चौथो अंग हो। त्यसैले लोग्ने स्वास्नीको झगडामा मिडिया पर्नु भन्दा पनि देशको जनतालाई सुुसूूचित र तथ्यपूर्ण सुचना दिन आवश्यक हुन्छ। त्यसैले, कसैको पुरानो कुरा र लोग्ने स्वास्नीको झगडा वा विषयलाई कोट्याएर टेलिभिजन तथा युट्युबमार्फत प्रशारण गर्नु हुँदैन।
निर्देशक खड्गीले छवि र शिल्पाबारेमा आफ्नो धारणा राख्दै भन्छन्, ’छविजीले बाह्रसत्तरी कुरा गर्नु हुँदैन, उनले कानुन बमोजिम यदि उचित हुन्छ भने शिल्पालाई अंश दिएर मुद्दा किनारा लगाए हुन्छ।’
Comments are closed.