Nepal's First Video FM

विष खाएर कुकुर मरे ! त्यही कुकुर खाएर दर्जनौं गिद्ध मरे

452

काठमाडौं – नवलपरासीको रामग्राम नगरपालिका वडानम्बर ४ स्थित एउटा चौरमा मंगलबार दिउँसोबाट गिद्धहरू झोक्राएर बस्न थाले। एकछिनमा उनीहरू बसेकै ठाउँमा भुइँमै ढले। दर्जनौं गिद्दहरू मर्न थालेपछि गाउँलेहरू हेर्न गए। रामग्राम-४ का वडा अध्यक्ष मदन यादवका अनुसार हेर्न जाँदा गाउँलेहरूले चौरमा तीन वटा मरेका कुकुर देखे।

‘कसैले ती कुकुरलाई विष खुवाएर मारेछ। तीनै कुकुर खाएर गिद्धहरू पनि धमाधम मरे,’ वडाअध्यक्ष यादवले भने,‘अहिलेसम्म ६०-६५ गिद्ध मरिसके। १५-२० वटा अझै झोक्राएर बसेका छन्।’सुरूमा कुकुरको मासु खाएका गिद्धहरू मरेको र पछि कम मासु खाएका गिद्धहरू अहिले झोक्राएर बसेको हुन सक्ने यादवले बताए। कुकुरलाई विष खुवाएर कसले मार्‍यो भन्ने पत्ता नलागेको वडा अध्यक्ष यादवले बताए।

‘कुकुरलाई त्यसरी मार्न पाइन्न। मारे पनि सुरक्षित रूपमा गाड्नु पर्ने हो। विष खुवाएर कुकुर मारे। चौरमा फालिदिएर फेरि गिद्ध मरे,’ वडाध्यक्ष यादवले भने,‘कुकुर मार्ने मान्छेको खोजी गर्न मैले नगरपालिका र प्रहरीलाई भनेको छु।’

You might also like

Comments are closed.