Nepal's First Video FM

लामो समय पछि – प्रचण्डसँग ओलीको फोनवार्ता यस्तो सम्म भयो कुराकानि

305

काठमाडौं, प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।

पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसँग आज भेटवार्ता गरे । दुई नेताबीचको भेटवार्ता आकस्मिक रुपमा तय भएको थियो ।

ओलीसँगको भेटवार्ता अघि नेता नेपाल आफू पक्षधर स्थायी कमिटी सदस्यहरुसँग छलफलमा थिए । उक्त छलफलकै क्रममा उनलाई प्रधानमन्त्री ओलीको फोन आएको थियो । तर, त्यसअघि नेता नेपाल पक्षधर नेता योगेश कुमार भट्टराईले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा पुगी भेटवार्ता गरेका थिए । भट्टराईले पार्टी एकता जोगाउनको लागि गम्भीर हुन र शीर्ष नेताहरुबीच अविलम्ब सम्वाद थाल्न सुझाएका थिए ।

यसै बीच ओली र नेता नेपालबीच आज साँझ काठमाडौंको नक्सालस्थित् मेरियट होटेलमा भेटवार्ता भयो । उनीहरुबीच सकारात्मक छलफल भएको बुझिएको छ । तर, दुवै नेताले आ आफ्ना अडान कायमै राखेका थिए ।

स्रोतकाअनुसार माधव नेपालसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समेत फोन गरेर कुरा गरेका छन् । उनीहरुबीच के के कुरा भयो ? भन्नेबारे जानकारी गराईएको छैन् । तर, पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको अनुमान गरिएको छ ।

You might also like

Comments are closed.