Nepal's First Video FM

अविश्वासको प्रस्ताव अगाडि बढाउन, देउवा र प्रचण्डबीच छिट्टै निर्णायक वार्ता हुने

0 219

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन गर्न प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव आउने भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस अन्ततः अविश्वासको प्रस्ताव अगाडि बढाउन सहमत देखिएको छ । बुधबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकमा अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएका छन् ।

बैठकमा सहभागी नेता गोपालमान श्रेष्ठले ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन नेताहरु एकमत भएको रातोपाटीलाई जानकारी दिए । श्रेष्ठले भने, ‘७ गते संसद बोलाएको अवस्थामा ६ गते नै चालु अधिवेशन अन्त्य गरिएको छ, यो बेइमानी काम भयो । तर, प्रक्रियागतरुपमा अविश्वासको प्रस्ताव दर्ता गराइन्छ । त्यसको तयारी भइरहेको छ । अविश्वासको प्रस्ताव दर्ता गराउने विषयमा पार्टी एकमत नै छ ।’

यसअघि काँग्रेसको संस्थापन पक्ष अविश्वासको प्रस्ताव अगाडि बढाउने पक्षमा थिएन । काँग्रेस उच्च स्रोतका अनुसार बुधबारको बैठकमा भने सभापति शेरबहादुर देउवाले दुई/तीन दिनभित्रको राजनीतिक घटनाक्रम हेरेर अविश्वासको प्रस्ताव अगाडि बढाउन तयार रहेको बताए ।

बैठकमा काँग्रेस नेताहरुले आगामी राजनीतिक घटनाक्रमबारे विश्लेषण गरेका थिए । दुई–तीन दिनमै एमालेमा ओली पक्ष र खनाल–नेपाल पक्षबीचको संघर्षले पनि प्रष्ट दिशा लिने बूढानीलकण्ठ बैठकको विश्लेषण छ । स्रोत रातो पाटि

You might also like

Leave A Reply

Your email address will not be published.