Nepal's First Video FM

गाउँपालिका अध्यक्ष ‘शाक्य’ले पाए, स्थानियको कालोमोसो उपहार

389

धादिङ-जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष दुर्गा कुमार शाक्यलाई स्थानियबासीले कालोमोसो दलेका छन् । धादिङको कैचले बजारमा लामो समयदेखि बस्दै आएका केही व्यक्तिको घर टहरा भत्काउन डोजरसहित पुगेका शाक्यलाई स्थनियबासीले भ्याकुर्खेदाई गरेका हुन् ।

स्थानियबासीले शाक्यलाई एक किलोमिटरसम्म लखेटेको र त्यसक्रममा प्रहरीसँग झडप भएको एक स्थानियले बताए । प्रहरी समेत लिएर गएका शाक्य र स्थानियबासीबीच झडप भएको थियो । झडपमा तीन जना घाइते समेत भएको एक व्यक्तिले बताए ।

You might also like

Comments are closed.