Nepal's First Video FM

बरिष्ठ लोक गायिका बिमा कुमारी दुराको आज जन्म दिने,पढ्नुहोस उनको पिडादायी कहानी

411

काठमाडौँ,नेपाली लोक संगीतकि रानी बरिष्ठ लोक गायिका बिमा कुमारी दुराको आज जन्म दिन परेको छ।

उनि लमजुङ जिल्लामा जन्मिएकी गायिका हुन्।एक समय उनले गाएको सबै जसो गीतहरु सुपरहिट हुने गर्दथ्यो।यति सम्मकी बिमा कुमारी दुराले त्यो गीत नगाए सम्म चल्दैन भन्ने मनस्थिति कलाकारमा हुने गर्दथ्यो।उनि निकै मिठो आवाजमा गीत गाउने गर्थिन।

त्यसो त् दोहोरीका राजा मानिने लोक गायक राजु परियार पनि उनि जन्मिएकै जिल्लाका हुन्।

दोहोरी क्षेत्रमा सबै भन्दा धेरे रुचाउने यी दुई एकै जिल्लामा जन्मिएको हो भन्दा लमजुङले निकै गर्व गर्छ।यति मात्रै कहाँ होर बिमाले नेपाली लोक संगीतलाई जिगाउन ठुलो भूमिका खेलेकी छिन।

उनि जुन सुकै गीतमा आफुलाई अब्बल गायिकाको दर्जाबाट प्रस्तुत गर्न चाहन्थिन सायद त्यसको फल स्वरूप होला उनको सृजनाले उचाई बढेको छ।उनको एक छोरी छिन,अहिले अमेरिकामा पढिरहेकी एक छोरीको चाहना भने गायिका बन्ने नरहेको खुलेको छ।

बिमा कुमारी दुराले आवाज दिएका चर्चित भाकाहरुमा दुरा डाडे दाइ,तिमीलाई पाउन गारो भयो,पानसमा बत्ति बालेको,यो दाजुको मिर्मिरे आँखा,लाकुरीको बोट,सम्झी फरक साइलो दाइ,बनमा फुल्यो फुल,पिरको आगो,स्याउली बनभारी,न्याउली चरी,तिमी गएउ अर्कैको डोलीमा,उडी जाने जेठ,देउरालीमा धजा,भुमारिमा परे भने म लगाएत छन।

उनले युवा पुस्ताका कलाकार देखि पुराना पुस्ताका कलाकारहरु सम्म सहकार्य गरेकी छिन भने नयालाई निकै प्रोत्साहन गर्ने गायिकामा पार्छिन। उनलाई लालीगुराँस डटकमको तर्फबाट जन्म दिनको लाखौ लाख शुभकामना छ।

You might also like

Comments are closed.