Nepal's First Video FM

श्रीमान र माइती भएर घरबाट निकालिएकि दिलमायाले भेटिन गायिका टिका पुनलाइ,रुदा रुदै सकियो अन्तरबार्ता

354

सबैको जिन्दगि कहाँ एकै हुने रहेछ र कोहीको जीवनमा सधै खुसि कसैको जीवन आँसुले भिजेको सिरानी जस्तै।आज त्यस्तै जिन्दगि काट्दै आएकी गायिका बन्ने सपना बोकेकी दिल माया बिश्वकर्माको जीवन कथा यो बेला प्रस्तुत गरेका छौ।उनि सुर्खेतमा जन्मिएकी रहिछन।उनि संगै अर्की सुर्खेतकि गायिका टिका पुनलाइ पनि संगै राखेर कुराकानी गर्ने प्रयास गरेको छौ।

सानै उमेरमा बिहे गरेकी दिल माया यो बेला श्रीमानसंग छुट्टिएर बसेकी छिन भने भएको एक सन्तान पनि साथमा राख्न पाएकी छैनन यति मात्रै कहाँ होर माइतीबाट पनि उनि निकालिएकी हुन्।आफ्नै आमा बाबाले घरमा बस्न न दिएपछि उनि देश छाडेर विदेश लागेकी थिइन तर बिदेशमा पनि उनि राम्रो संग काम गर्न सकिनन्।

अहिले दिल माया दोहोरी साँझमा काम गर्छिन।जम्म १० हजार महिनामा कमाउने दिलमायालाई भाडा तिर्न पनि धाउ धाउ छ,आवाज जति मिठो भए पनि कसैले दिल मायालाई अवसर दिएन त्यसैले होला उनले हरेस खाइसकेकी रहिछिन।हामी पुगेपछि दिल मायाको आवाज सुन्दा निकै मन पर्यो सोहि कारण पनि दिल मायासँग कुराकनी गरेका छौ।दिल मायालाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्क 9851224970मा कमल सरगमलाई सम्पर्क गर्नुहोस:

You might also like

Comments are closed.