काठमाडौँ, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमसँग डिनर मिटिङ गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार ओलीले गौतमसँग डिनर मिटिङ गरेका हुन्। ओली र गौतमको डिनरमा कानुन मन्त्री लिलानाथ श्रेष्ठ र एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई सहभागी थिए।
दिउँसो मेरियट होटलमा नेता माधव नेपालसँग संवाद गरेका ओलीले साँझपख गौतमसँग बालुवाटारमा डिनरसहितको भेटघाट गरेका हुन्। गौतम-ओली भेटमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई सहभागी भएका थिए ।
प्रधानमन्त्रीसँगको संवादपछि गौतमले प्रधामन्त्रीसँगको आफ्नो सम्बन्ध जमानादेखिको भएको भन्दै त्यो अटुट रहने बताएको भट्टराईले बताए।
‘सम्माननीय प्रधानमन्त्रीज्यूको निवास वालुवाटारमा प्रधानमन्त्रीसँगको संवादपछि उहाँले भन्नुभयो-केपी ओली देशको प्रधानमन्त्री हो, नेकपा (एमाले) को अध्यक्ष हो। तर उहाँसँको मेरो सम्बन्ध पदका कारणले बनेको होइन जमानादेखिको हो र अटुट रहिरहनेछ,’ भट्टराईले लेखेका छन्, ‘अब कमरेड वामदेव गौतमले के गर्नुहोला भन्ने आम जिज्ञासाको जवाफ यसैमा खोज्ने त होला नि!’
Comments are closed.