Nepal's First Video FM

जाङ्बु शेर्पा भन्छिन: बालिका खड्का पीडित भए मेरो श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउँछु

438

काठमाडौं । प्रदेशन नम्बर १ का मुख्यमन्त्री शेरधन राईका श्रीमती जाङ्बु शेर्पाले आफ्नो श्रीमानले बालिका खड्कालाई पीडित बनाएको प्रमाण भएको खण्डमा आफैँ श्रीमानलाई कारबाहीको कठघरामा उभ्याउन तयार रहेको बताएकी छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मुख्यमन्त्री पत्नी शेर्पाले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए आफैँ श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार रहेको बताएकी हुन् ।

उनले लेखेकी छन्, ‘मेरो श्रीमानले पीडित बनाएको एउटा सानो मात्रै प्रमाण भए म नै मेरो श्रीमानलाई कार्बाहीको कठघरामा उभ्याउन तयार थिए, तयार छु ! मलाई पनि भ्रम थियो मेरो श्रीमानको गल्ती छैन भन्दा भन्दै बा कतै चुक्नु भएको पो छ कि भनेर, तर पहिला र म उहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय होइन हजार लाख प्रतिशत उहाँ निर्दोष हुनुहुदो रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुको खोजी गर्दा पत्ता लगाएको छु ! ।’

लामो समयदेखि श्रीमान तथा मुख्यमन्त्री राईको खड्काले चरित्र हत्या मात्र होइन ब्यक्तिगत र राजनीतिक जीवन समाप्त गर्ने सुनियोजित षडयन्त्र हुदै आएको पनि उनले बताएकी छन् । साथै, यस्ता अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएको कुरामा आफूलाई जानकार रहेको उनले भनेकी छन् ।

 

बालिका खड्का ‘मुख्यमन्त्री राई निर्दोष हुनुहुन्छ, मैले अरुको उक्साहटमा उहाँलाई आरोप लगाएको’ भनेर न्यायालयमा, पार्टी कार्यालय र मिडियाहरुमा लिखितम् कागजमा हस्ताक्षर गरेको प्रमाण पनि उनले सार्वजनिक गरेकी छन् ।

You might also like

Comments are closed.