Nepal's First Video FM

विष्णु माझीको मनै छुने आवाजमा “याद” बजारमा (भिडियो सहित)

329

काठमाडौँ, गायक तथा सर्जक ईश्वर भण्डारीको लोक तथा दोहोरी गीति एल्बम “याद” मा समावेश अन्तरा सहितको गीत हो यो l

 

रिलिज नहुँदै टिकट कमा चर्चाको शिखरमा रहेको उक्त गीत ताजा इन्टरटेनमेन्ट बाट हाल बजारमा तहल्का मच्चाई रहेको छ l हरेक दिन सार्वजनिक भई रहने गीतहरू माया प्रेमका भाव मै हुने गरेका छन्, भनिन्छ संसार पनि मामा मै अडिएको छ l

अजम्बरी एक प्रेम कथामा रहेर शरद पाण्डेले कोरेका शब्दलाई भण्डारी तथा विष्णु माझीले स्वर दिएका छन् l विष्णु माझीले उच्च पारिश्रमिक निर्धारण गरे पछि उनका पछिल्लो समय गीतहरू कम आइरहेका बेला भण्डारीले माझीलाई लिएर गीत बनाएका हुन् l
पछिल्लो समय नेपाली युट्युब बजारमा भाइरलले पकड बनाएको अवस्थामा पनि “याद” भिड्न सक्ने बनेको गीतका सर्जक पाण्डे बताउँछन् ।

गायक भण्डारीको लय सृजना रहेको गीतलाई विनोद बाजुरालीले एरेन्ज गरेका हुन । स्मृति तिमिल्सिनाको निर्देशन रहेको गीतमा ओबी रायमाझी, आशा खडका, शेर बहादुर डिसी, डाक्टर भोला रिजाल र धुर्बको अभिनय रहेको छ l भिडियोलाई सुरेश श्रेष्ठ र सन्तोष महराले खिचेका छन् भने प्रकाश धमलाले सम्पादन गरेका छन् । तिलु शर्मा पौडेलद्वारा लिखित ।

भिडियो :

 

You might also like

Comments are closed.