Nepal's First Video FM

आज लोक प्रिय गायिका टिका सानुको जन्म दिन,उनको जीवन कहानीले जो कोहीलाई रुहौछ (पुरा पढ्नुहोस)

239

काठमाडौँ, इन्द्रेणीबाट सबैको मन जितेकी लोकप्रिय गायिका टिका सानुको आज जन्म दिन सबै भन्दा पहिले जन्म दिनको शुभकामना लालीगुराँस डटकमको बाट।आज टिका सानुको बिषयमा हामी चर्चा गर्ने छौ।

लोकप्रिय कार्यक्रम ईन्द्रेणी बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् ।

पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले अाफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । घरबाट कार्यक्रम सम्म जान पनि गाडी भाडा तिर्ने पैसा नहुँदाको पल सम्झेर आखामा आँसु रोकिँदैन….

लगातार आम नेपालीको मन जितेकी टीकालाई अहिले पनि उस्तै रुपमा दर्शकले खोजि गर्छन।उनि आफै पनि सामाजिक काममा तल्लिन छिन भने उनि भिभिन्न ठाउँमा सहयोग समेत गर्न पुगेकी छिन।अहिले उनको इन्द्रेणीमा लाइभ दोहोरी आएको छैन।तर उनि अन्य ठाउँमा दोहोरी खेल्न पुगेकी छिन।के इन्द्रेणीमा उनि आउछिन भन्ने प्रश्नमा उनले केहि समयमै इन्द्रेणीमा जाने समेत बताएकी छिन ।

२०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेका सानूको घर परिवारको अवस्था झनै नाजुक बन्दै गएपछि ममिलाई बिदेश सम्म पठाउनु परेको बताउँछिन् ।

घरमा बाकि ४ दिदिबहिनी मध्य दिदी र एक बहिनि पोइला हिँडेपछि काठमाडौंमा बसेर सांगीतिक यात्रा अगाडि बढाउन कठिन भएपछि उनी पुन: गाउँमै फर्केर गइन ।घरमा दिदी बहिनी नै नभएपछि आफूलाई व्यवहारले च्याप्दै गएपछि,’अलि पछि परेपनि संघर्ष गरेर आफूलाई चिनाउन लागि मेहनत गरेको बताउँछिन् ।

You might also like

Comments are closed.