Nepal's First Video FM

प्रधानमन्त्रीद्वारा उद्घाटन हेर्नुहोस लाइभ

323

काठमाडौं । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि नवनिर्माण भएको छ । भूकम्प आएकोभन्दा एक दिन अगाडिको तिथिमा प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् ।

 

https://www.facebook.com/watch/live/?v=129161379147672&ref=search

भूकम्पले भत्काएको धरहरालाई यथावत् अवस्थामा राखेर त्यसको आडैमा नयाँ धरहरा बनाइएको हो । २०७५ सालमा कात्तिकमा धरहराको नवर्निमाण सुरु भएको थियो । कोरोनाका कारण निर्माणमा केही ढिलाइ भएको थियो ।

नवनिर्मित धरहरा २२ तल्लाको छ । पुरानो धरहरा ९ तल्लाको थियो । धरहराको निर्माण लागत करिब ३ अर्ब ४५ करोड अनुमान छ । धरहरा टावरको निर्माण सम्पन्न भए पनि यससँगैका अन्य संरचनाहरु भने निर्माणाधिन छन् ।

नयाँ धरहरा आज उद्घाटन गरिए पनि तत्काल सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको छैन ।

 

काठमाडौंको सुन्धारामा पुनर्निर्माण गरिएको २२ तलाको धरहरा । २०७२ वैशाख १२ गतेको भूकम्पले ध्वस्त बनाएको धरहराछेउ नयाँ निर्माण गरिएको हो । भूकम्पको ६ वर्षपछि ठडिएको धरहराको उद्घाटन लोकतन्त्र दिवसका अवसरमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरिँदै छ । जीआईईटीसी–रमन जेभीले भ्याटसहित ३ अर्ब ४८ करोड लागतमा धरहरा पुनर्निर्माणको काम गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । धरहराको क्षेत्र करिब ४२ रोपनीमा फैलिनेछ । भीमसेन स्तम्भलाई सिसाले छोपेर संरक्षण गरिनेछ । तस्बिर : अशोक दुलाल

तीन तले भूमिगत पार्किङको सुविधा पनि हुनेछ। जहाँ ४ सय गाडी र ७ सय मोटरसाइकल पार्किङ गर्न मिल्नेछ। भीमसेन स्तम्भलाई सिसाले छोपेर संरक्षण गरिनेछ। ऐतिहासिक सुन्धराको पनि संरक्षण गरिनेछ। जसमा चौबिसै घण्टा पानी झर्ने व्यवस्था हुनेछ। धरहरा र संग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिनेछ।

कोरोना महामारीका कारण भएको लकडाउनले पुनर्निर्माणमा अवरोध उत्पन्न भए पनि सुरक्षाका सबै उपाय अपनाएर पुनर्निर्माणको कामलाई गति दिइयो। धरहराको पुनर्निर्माण सम्पन्न भए पनि धरहरा क्षेत्रका बाँकी संरचनाको निर्माण भने जारी नै छ। बाहिरबाट हेर्दा ११ तल्लाको देखिए पनि जमिनमुनि दुई तलाको भूमिगत संरचना रहनेछ र जमिनमाथि भूँइतलासहित २३ तला हुनेछ। यसरी समग्रमा धरहरा २५ तलाको हुनेछ।

जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ। भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ। धरहराभित्र २ वटा लिफ्ट हुनेछन्। एकपटकमा १० जनाले यात्रा गर्न सक्नेछन्। यसबाट वृद्धवृद्धा एवं अपांगता भएका व्यक्ति धरहरामाथिको पहुँचमा सहजता हुनेछ। साथै फलामको भर्‍याङ पनि रहनेछ । धरहराबाट वरिपरिको दृश्यावलोकनका लागि २० औं तल्लाबाहिर २.५ मिटर चौडाइको बार्दली रहेको छ ।

२२ औँ तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ स्थापना गरिएको छ। धरहरामुनिको दुई तले भूमिगत संरचनामा दुईवटा विद्युतीय स्वचालित भर्‍याङ’ बाट तलमाथि गर्न सकिनेछ।

धरहराको इतिहास
१८८१ सालमा तत्कालीन जनरल भीमसेन थापाले लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए। जसको नाम भीमसेन स्तम्भ राखिएको थियो। प्राधिकरणकाअनुसार १८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा थापाले सुन्धारामा अर्को ६१.८८ मि. अग्लो ११ तले धरहरा बनाउन लगाएका थिए। १८९० मा भत्किएपछि लगनटोलकोधरहराको जीर्णोद्वार भएन। १९१३ मा बज्र (चट्याङ) परी भत्केपछि १९२३ मा पुनः जीर्णोद्वार भएको थियो।

१९९० माघ २ को महाभूकम्पमा भत्किएको धरहराको जीर्णोद्वार २ वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा गराइएको थियो। सो पुनर्निर्माणपछि धरहरा ११ तलाबाट ९ तल्लामा सीमित भयो।

२०७२ वैशाख १२ गतेको महाभूकम्पबाट धरहरा पूर्णरूपमा क्षति भएको थियो। २०७२ फागुन ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान चलाएका थिए। २०७५ असोज १४ गते नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट धरहरा पुनर्निर्माणको काम सुरु भएको थियो। २०७४ कार्तिक २७ गते नेपाल सरकार मन्त्रिपरिषद्को बैठकद्वारा धरहरा पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरिएको थियो।

आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा उद्घाटन गरिने पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए।

You might also like

Comments are closed.