Nepal's First Video FM

धरहरा चढ्दा आइफल टावर चढेको झल्को आयो : प्रधानमन्त्री केपी ओली

378

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आफूलाई आइफल टावर चढेको झल्को आएको बताएका छन्। शनिबार नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन्।

प्रधानमन्त्री ओलीले २० औं तल्लामा वेगका साथ हावा चलेको समेत जानकारी गराए।  ‘माथि धेरै बेगका साथ हावा चलेको छ। मैले चारैतिर हेरेँ, यहाँ हावा कम चलेपनि त्यहाँ माथि मजाको आनन्दको हावा चल्दो रैछ, मलाई आइफल टावर चलेको झल्को आयो। त्यहाँ पनि हावा चल्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले देशमा विकास भएको धरहराबाट हेर्न सकिने बताए।

You might also like

Comments are closed.