Nepal's First Video FM

धरहरा त उठ्यो ,मेरो ओंठमा गर्वको मुस्कान छैन , मेरो देशले कहिले उठ्न भन्दै : अभिनेत्री गौरी मल्लले फेसबुकमा लेखिन मनै छुने स्टाटस

380

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्ननिर्माण गरिएको ऐतिहासिक धरहराको आज उद्घाटन गरेका छन् । लिफ्टबाट २० औं तलामा रहेको बालकोनी पुगेर प्रधानमन्त्री ओलीले पुष्प वृष्टि गर्दै पूनर्निमित धरहराको उद्घाटन गर्नु भएको हो ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि ढलेको धरहरा ६ वर्षपछि वैशाख ११ अर्थात् आजबाट औपचारिक रुपमा उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओली धरहराको उद्घाटन गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले धरहराको नयाँ स्वरुपको तस्वीर राखेर खुशी व्यक्त गरिरहेका छन् । कतिपयले भने कोभिडको यो महामारीमा धरहरामा लगानी गर्ने रकम अस्पताल निर्माणमा खर्च गरेको भए झन राम्रो हुने थियो भन्दै सुझावसहितको आलोचना गरिरहेका छन् ।

यसै बीच अभिनेत्री गौरी मल्लले पनि फेसबुकमा एक स्टाटस लेख्दै धरहरा पटक पटक ढल्यो र पटक पटक उठ्यो पनि। लाग्छ यो पाली धरहराले बलियो बनोट पाएको छ । शानले पुनः एक पटक आफ्नो शिर ठाडो बनाउन सक्षम बन्यो। धरहरा त उठ्यो र पनि मेरो ओंठमा गर्वको मुस्कान छैन।

धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशवासीको पनि धरहराको जस्तै त्यो बलियो जग भएको जीवनस्तर कहिले बन्ने ?हरेक कोण कोण बाट गिराइसकिएको मेरो देशले शानले फेरी कहिले शिर उठाउन पाउने..? धरहराले जस्तै….. ! हो , धरहरा त उठ्यो तर हामी कहिले उठ्ने ???

You might also like

Comments are closed.