Nepal's First Video FM

नायक पल शाह र मेक्सम खातीले पहिलोपटक खेलेको दोहोरी एकै छिन्मा भयो भाइरल (भिडियो)

394

काठमाडौँ, लोकप्रियताको शिखर चुम्दै गरेका चर्चित नायक पल साह र चर्चित लोकदोहोरी गायक मेक्सम खातीले अभिनय गर्नु भएको नया लोकदोहोरी गीत ‘आइ लभ यु भन्न पाए’बजारमा आएको छ। गीतमा लोकप्रिय गायक नरेश खाती छेत्री र निरा छन्त्यालले आवाज दिएका छन।

पल साह चलचित्रबाट पछिल्लो केहि समय देखि दोहोरीमा फड्को मारेका हुन्।उनले दोहोरी गीतहरुमा धेरै जसो म्युजिक भिडियो खेलेका छन भने अझै उनको लागि यही क्षेत्र उचित रहेको पनि खुलेको छ।

म्युजिक भिडियो सम्पादनबाट कलाकारितामा प्रबेस गरेका पल केहि म्युजिक भिडियोमा अभिनय गर्दै चलचित्र सम्म पुगेका थिए।उनि पछिल्लो युवा पुस्ताको ढुकढुकी हुन् भने उनि संग अभिनयमा जोडिएका चर्चित मोडल तथा गायक मेक्सम खाती पनि एक चकलेटी कलाकारमा पर्दछन् उनलाई पनि आम दर्शाकले सर्बाधिक मन पराउछन।

गीतमा जुम्लिया दिदि बहिनी खतिवडाको जोडदार अभिनय रहेको छ भने गीतमा लय तथा शब्द नरेश खाती छेत्रीकै रहेको छ।मेक्सम नरेश युटुब च्यानलमार्फत बजारमा आएको उक्त गीत अहिले निकै चर्चामा छ।गीतको सबै टिमलाई हार्दिक शुभकामना छ।भिडियो हेरौ :

You might also like

Comments are closed.