अभिनेता राजेश हमाल पछिल्लो समय फुर्सदमा छन् । कोभिडको दोस्रो लहर सुरु भएसँगै उनी कोभिडको कहर छल्न काठमाडौं बाहिर घुम्न निस्किएका छन् ।
अर्का अभिनेता प्रशान्त ताम्राकारलाई लिएर उनी हिमालपारिको जिल्ला मनाङ घुम्न निस्किएका हुन् । फुर्सदको समयलाई सदुपयोग गर्न आफू मनाङ पुगेको अभिनेता हमालले जानकारी दिए ।
मनाङको साँघुरो र कठिन बाटोमा लङ-ड्राइभ गर्दा रोमाञ्चक अनुभव भएको बताउँदै उनले आफूलाई त्यहाँको प्राकृतिक सौन्दर्यले लोभ्याएको जानकारी दिए ।
हमाल र ताम्राकारले पृथ्वी दिवसको अवसरमा विहिबार नासो गाउँपालिका-१ स्थित ताल गाउँस्थित निर्माणाधीन पार्कमा धुपी सल्लाको बिरुवा रोपेका थिए । वृक्षारोपणको माध्यमबाट पर्यावरण जोगाउनु आवश्यक रहेको उनले बताएका छन् ।
यो पनि पढ्नुहोस ….
कोरोनाबाट सबैभन्दा बढी प्रभावित यस क्षेत्रलाई सरकारबाट कुनै खालको सहयोग प्राप्त भएको छैन । सरकारले फिल्म क्षेत्रलाई सौतेनी व्यवहार गरेको फिल्मकर्मीहरुको गुनासो छ । फिल्म क्षेत्रले के भोगिरहेको छ भन्नेबारे सरकारलाई अवगत रहेको उनले बताए ।
शुक्रवारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल-अफ्रिका फिल्म फेस्टिभल २०२१’ को उद्घाटन गर्दै उनले भने- ‘निर्माता, कलाकार, हल सञ्चालक, प्राविधिकहरुदेखि यो क्षेत्रमा आश्रित हजारौं फिल्मकर्मीको बारेमा सरकार जानकार छ । त्यसको निम्ति हामीले विभिन्न ढंगले प्रयासहरु पनि गरिरहेका छौँ । यो क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भनेर सोचिरहेका छौँ,’ उनले भने ।
फिल्मले राजनीतिक सीमाभन्दा माथि उठेर मानवीय भावना, राष्ट्र र जनताका पीडा र आशासँगै सफलता र विफलतालाई सजिलै पस्कन सक्ने भएकाले फेस्टिभलहरुले अर्को समुदाय, समाज र देशको संस्कृतिलाई चिन्न एकदमै महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । नेपाली फिल्मलाई फेस्टिभलको माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउन सरकारले छलफल पनि गर्ने उनको भनाई छ ।
Comments are closed.