यस्तो त कसैलाई नपरोस् ! घरमा बहिनीको धुमधाम बिवाह अस्पतालमा दाइको लास, बिवाह नारोकियोस भनेर आमाले लुकाइन मृत्युको खबर,पढ्नुहोस
काठमाडौ । कोरोनाका कारण नेपालमै यस्तो हृदय विदारक घटना भएको छ । आफ्नो परिवार भित्रै छोरीको विवाह हुने दिनमै किशोर छोरा गुमाएकी आमाले विवाह नरोकियोस् भनेर छोराको मृत्युको खबर समेत गोप्य राखिन् ।
कोरोनाले आफ्नो १५ वर्षको छोरा गुमाएकी दाङ गढवा गाउँपालिका वडा नं ६ की एक महिलाले यस्तो गरेकी हुन् । आफ्नो एक मात्र छोरा कोरोनाले गुमाएपछि पनि उनले अरुको भलाईका लागि त्यती ठूलो चो ट एक्लै सहेर बसिन् ।
लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत् विधान आचार्यको भैरहवामा उपचारका क्रममा मृत्यु भयो । यता दाङमा विधानको माइला बुवाको छोरीको विवाह थियो । उनले आफ्नो देवरको छोरीको विवाह नरोकियोस् भनेर छोराको मृत्यु पनि लुकाइन् । विद्यालयमा टाउको दुख्यो भनेपछि उनलाई वैशाख ६ गते घर पठाइएको थियो । प्रधानाध्यापक कुलचन्द्र पौडेलका अनुसार कक्षा ९ मा पढ्ने विधान आफ्नी आमासँगै लमहीमा बसिरहेका थिए।
वैशाख ७ गते मात्रै बुटवल उपचारका लागि आमाले लिएर गइन् ८ गते कोरोना पुष्टि भयो । वैशाख ८ गते रिपोर्ट आएपछि आमा लक्ष्मीले छोरा विधानलाई भैरहवा लगेर भर्ना गरिन्।उनको शुक्रबार बिहानै त्यहीँ निधन भइसकेको थियो। विधान परिवारका एक्ला छोरा हुन्। उनीकी बहिनी विधाता छिन्। बुवा विष्णु रोजगारीको सिलसिलामा दुबईमा छन् ।
विधानको निधन भएकै दिन यता विधानका माइला बुवाकी छोरीको विवाह भयो । आमाले विवाह प्रभावित नहोस् भनेर आफ्नो छोराको मृत्युको खबर पनि उनीहरुलाई दिइनन् । विवाह सकिएर जन्ती गइसकेपछि मात्र उनले विवाहको खबर दिएकी थिइन् । ‘विधान त बिहान १ बजेतिर नै बितिसकेको रहेछ, तर उहाँले त्यो कुरा लुकाउनुभयो र जन्ती हिँडिसकेपछि मात्रै छोराको मृत्युबारे खबर दिनुभयो’ प्रधानअध्यापकले भने ।
यो पनि पढ्नुहोस्
कर्णाली प्रदेशको प्रवेशद्धार मानिने लुम्बिनी प्रदेशको बाँकेमा कोरोनाले भयावह अवस्था निम्त्याएको छ । अस्पतालमा रहेका बेड भरिभराउ भएका छन भने, अक्सिजन आवश्यकपर्ने विरामीको व्यवस्थापनमा अस्पतालले निकै चुनौती सामना गर्नुपरेको छ ।
जिल्लामा रहेका दुइ अस्पताल कोरोना संक्रमितको उपचार गर्नका लागि तोकिए पनि पछिल्लो समयमा त्यहाँ रहेका सबै वेड भरिभराउ भएका कारण उपचारमा नागरिकले सास्ती खेप्न थालेका छन् । जिल्ला सदरमुकाम नेपालगञ्जमा रहेका नेपालगन्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पताल बाँकेलाई कोरोना संक्रमितको उपचार गर्ने भनेर तोकिएको छ । मेडिकल कलेज कोहलपुरमा १ सय १० वेड क्षमता छ भने भेरी अस्पतालमा १ सय ४२ वेड क्षमता मात्रै छ ।
अहिले दैनिक रुपमा ठूलो संख्यामा कोरोना संक्रमित थपिएपछि अस्पताल र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमितको उपचार गर्न सकस हुन थालेको हो । कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकले समेत नेपालगञ्जका यी अस्पतलामा उपचार गर्ने गरेकाले उपचारमा थप समस्या परेको अस्पताल र स्वास्थ्यकर्मीको भनाइ छ ।
भेरी अस्पताल बाँकेमा अहिले १ सय ८१ जनाले कोरोनाको उपचार गराइरहेका छन् । ती मध्ये सबैजसोलाई अक्सिजन दिइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए ।
उनले भने, ‘अहिलेसम्म एक सय ८१ जना विरामी भर्ना भइसक्नुभएको छ । १ सय ४२ वेडमा उनिहरुको उपचार गरिरहेका छौं । ६ जना भेन्टिलेटरमा, ५२ जना आइसीयुमा उपचाररत छन् । वेडको संख्या अत्यन्तै कम भइरहेको छ । उपचारमा संलग्न ४० जना स्वास्थ्यकर्मी पनि कोरोना संक्रमित भइसकेका छन् । जनशक्ति अपुग छ ।’
डा. थापा भन्छन्, ‘अहिले दैनिक २ सय ५० किलो देखि ३ सय किलो अक्सिजन खपत भइरहेको छ । हाललाई अक्सिजनको कमि छैन ।’ दुइ वटा अस्पताललाई मात्रै कोभिड अस्पताल भनेर बनाइएको खण्डमा उपचार गर्न नसकिने उनले बताए ।
‘नेपालगन्जमा रहेका हरेक अस्पतालमा कोभिड वेड छुट्याएर उपचार गर्न आवश्यक छ । दुइ वटा अस्पतालले मात्रै धान्न सक्ने अवस्था छैन ।’ उनी भन्छन्, ‘अहिले जनशक्ति थप गर्ने प्रक्रिया हामीले सुरु गरिसकेका छौं । अन्यत्र पनि कोभिड वेड राख्ने र अस्पतालमा पनि वेड थप्न सकिएको खण्डमा मात्रै कोरोनाको उपचार गर्न सकिने अवस्था छ । नभए समस्या हुन्छ ।’
नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा अहिले ५६ जना उपचाररत छन् । ती मध्ये एक जनाको भेन्टिलेटर, २६ जनाको आइसीयूमा राखेर उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट दिनेश श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘यहाँ रहेका सबै वेड भरिएका छन् । सुदूरपश्चिक र कर्णाली प्रदेशबाट अधिकांश नागरिक सेवा लिन आइरहेका छन् । कोरोना संक्रमतिलाई सेवा दिन जनशक्ति अभाव भइरहेको छ ।’ उनी भन्छन्, ‘एक हप्तासम्म ३२ जना स्वास्थ्यकर्मी निरन्तर खटाइरहेका छौं । त्यसपछि उनीहरुलाई एक साताका लागि होम आइसोलेसनमा राख्ने गरेका छौं । यसले अन्य सेवा प्रवाहमा कर्मचारीको अभाव देखाइरहेको छ ।’
Comments are closed.