Nepal's First Video FM

बिषेश स्रोत अनुसार – धरहरा उद्घाटनको खुशियालीमा प्रधानमन्त्रीद्धारा निवास बालुवाटारमा रात्रिभोजको आयोजना

237

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहराको उद्घाटन गरेका छन् ।

उक्त खुशियालीमा प्रधानमन्त्री ओलीले आज राति बालुवाटारमा रात्रिभोजको आयोजना गरेको स्रोतले जनाएको छ । उक्त भोजमा धरहरा बनाउनको लागि संलग्न विभिन्न सरकारी तथा निजी निकायका प्रतिनिधिसहरु सहभागी हुने जनाईएको छ ।

कोरोना संक्रमणको जोखिम ह्वात्तै बढेको छ। दिन दुई गुण रात चौगुणको दरले संक्रमण फैलिएको र अवस्था भयावह हुनसक्ने चिकित्सकहरुले बताईरहेका छन् । तर, सरकारले भने यसको रोकथाम र नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न सकेको छैन् ।

आँफैले जारी गरेको स्वास्थ्य प्रोटोकल सरकार आँफैले लत्याएको छ । कुनै पनि सभा सम्मेलन, भीडभाड नगर्न सरकारले निर्देशन दिएको छ ।

तर, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै एमाले दशौं महाधिवेशन आयोजक कमिटीको बैठक दुई पटक बसिसकेको छ । सयौंको संख्यामा त्यहीँ भेला तथा सम्मेलन हुने गरेको छ । आज त धरहराको उद्घाटन कार्यक्रममा ठूलो भीडभाड देखिएको थियो ।

सरकारले कोरोना संक्रमण फैलिएको बेलामा पनि बेवास्ता र आँफै लापरवाही गरिरहेको भनेर जनस्वास्थ्यविद्हरुले सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् । अहिले अक्सिजन सिलिण्डर र भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने बेलामा सरकारमा त्यस्तो गम्भिरता नदेखिएको उनीहरुको गुनासो छ । कोरोना अहिले समूदायस्तरमा फैलिसकेको बताईएको छ । रिपोटर्स नेपाल

You might also like

Comments are closed.