Nepal's First Video FM

रक्सी नपाएपछि सेनिटाइजर पिउँदा भारतमा सातजनाको मृ त्यु

406

मुम्बई– भारतको महाराष्ट्रमा सेनिटाइजर पिउँदा शनिबार सातजनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार मदिरा नपाएपछि सेनिटाइजर पिएकाहरूको मृत्यु भएको हो ।

यवतमाल जिल्लाको वानी तहसीलमा कोभिड लकडाउनको कारण मदिरा नपाएको झोकामा उनीहरूले सेनिटाइजर पिएका थिए । ती सबै मृतक मजदूर रहेको बताइएको छ ।

वानी प्रहरी स्टेसनका अंजय पुजलवारले घटनाबारे छानविन भइरहेको बताए । महाराष्ट्रमा अहिले लकडाउन लागू छ ।

महाराष्ट्रमा पछिल्लो समय कोरोना संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ ।

You might also like

Comments are closed.