Nepal's First Video FM

दोहोरी च्याम्पियनमा चर्चित गायक पशुपति शर्मा र रिता थापाको दोहोरी हुदै,हेर्नको लागि यो लिंक खोल्नुहोस

474

कमल सरगम-काठमान्डौ,यो समय सर्बाधिक हेरिने दोहोरी च्याम्पियनको आजको शृंखला बिशेष हुने भएको छ ।बेलुका ८:५० देखि सुरु हुने नेपाल टेलिभिजनको उक्त रियालिटी सो भित्र आज अतिथि गायक पशुपति शर्मा र रिता थापाको घमासान दोहोरी हुने भएको छ।

भने सोहि समयमा शंकर क्षेत्री र बबिता बानिया “जेरी” टिम संगै टिका माया र दिलिप थापाको टिम बीच कडा प्रतिष्पर्धा हुने भएको छ।यो हप्ताको कार्यक्रम बिशेष रुपमा प्रतिक्षा गरेका छन।

देउरालीको भट्टी पसलमा गीतमा पशुपति शर्मा र रिता थापा पुगेर दोहोरी खेलेपछि उक्त ट्रेलर यो बेला युटुबमा हिट छ। नेपाल टेलिभिजनको युटुबमा उक्त ट्रेलर हालिएको छ।जेरिले छोरी बोकेरै दोहोरी अडिसन लिन गएको भाग निकै दर्शकले रुचाएका थिए भने जेरिलाई साथ् दिन उनकै श्रीमान शंकर पुगेका थिए।

जेरी र शंकरको पछिल्लो केहि दोहोरी निकै हिट छन भने उनीहरु बैबाहिक जीवनमा प्रबेस गरेपछिको एक रमाइलो दोहोरी यही हुने भएको छ।सबैको खुलदुली छ के पशुपति शर्मा पनि जज भएर गएकै हो कि उनि आफु पनि सहभागी भएका हुन् ?

त्यो के होला भन्ने प्रश्न तपाईमा पक्का छ जसको लागि अहिले ८:५० बजे सम्म प्रतीक्षा गर्नुपर्ने छ। तलको लिंकमा क्लिक गरि दोहोरी च्याम्पियन हेर्न सक्नुहुनेछ

You might also like

Comments are closed.