काठमाडौको नयाँ वजारमा रहेको भ्याली एक्प्रेसवाट रेष्टुरेण्टमा फ्राइड चिकनमा कुहिएको किरा भेटियो छ, धादिगंका सञ्जिव त्रिपाठीको टोलीले त्यहाँवाट चिकेन किनेर लगेका थिए । तर चिकेन कुहिएको फेला परेको बताएका छन् ।
तर आफुहरुले गुनासो गर्दा म्यानेजरले गैर जिम्मेवार जवाफ दिएको भन्दै ग्राहक सञ्जिव थप रिसाए । उनले होटलमा रहेका अरु चिकेन पनि खान नसकिने र स्मेल आएको बताएका थिए । होटल म्यानेजरले गैरजिम्मेवार जवाफ दिएपछि उनले प्रहरी बोलाएका थिए ।
महंगो फ्राइड चिकन किनेर वाहिर निस्किए, साथीहरु आफ्नो गाडीमा बसेर खान थाले । ४ पिस खाइसकेका थिए । अनि एक अर्को पिस एक जना साथीले खान लागेका थिए तर चिकेनमा त किरा पो हिडिरहेको रहेछ ।
नाक नजिक लगेर सुँग्दा पनि ग न्ध आइरहेको थियो । १४३० रुपैयामा चिकन किनेर लगेका थिए । चिकेन कु हेको रहेछ हाम्रो स्वास्थ्यमा खेलवाड किन गर्नुभयो रु भनेर भन्न जाँदा म्यानेजर महेश भट्टराईले तपाईलाई केही समस्या भए हामी जिम्मा लिन्छौं भन्दै गैर जिम्मेवार जवाफ दिएपछि उनीहरु थप रिसाएका थिए ।
काठमाडौको मुख्य शहरमै निकै महंगो मुल्य लिएर चलाएको रेष्टुरेण्टमा स्वास्थ्यमा निकै असर गर्ने कु हे को सामान दिने गरेको बताए । केएमसी बराबरको क्वालिटि भनेर स्थापना गरिएको रेष्टुरेण्टमा दिनहुँ एक हजार ग्राहक पुग्ने गरेका छन् ।
हेर्नुहोस
Comments are closed.