Nepal's First Video FM

कोरोनाको दोस्रो लहर- स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्रीको निर्देशन

326

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएपछि आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आग्रह गरेका हुन् ।

सीसीएमसीले गरेको ‘ब्रिफिङ’पछि प्रधानमन्त्रीले केही दिनअघि जारी भएको स्वास्थ्यमा मापदण्डको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका थिए । ब्रिफिङमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालका अनुसार कोरोनाको संक्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए ।

सीसीएमसीले यही वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना, संक्रमणको अवस्था तथा सरकारको तयारीबारे जानकारी गराएको थियो ।

यस्तै, सरकारको तर्फबाट आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा आवश्यक छलफल गरी खाका ल्याउन प्रधानमन्त्रीले सीसीएमसीलाई निर्देशन दिएका छन् ।

You might also like

Comments are closed.