Nepal's First Video FM

विमान दुर्घटनास्थल पुगे प्रधानमन्त्री,के भने उनले ? पढ्नुहोस !

452

फाल्गुन २८, प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनीसँगै गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेल पनि थिए ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरे । घाइतेहरुको उपचार सरकारले गर्ने बताए ।

उनले घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी दिए ।

घटनापछि आफूले बंगलादेशका प्रधानमन्त्रीसँग कुरा गर्ने प्रयास गरेको तर, सम्भव नभएको उनले सुनाए । अनलाइनखबर

You might also like

Comments are closed.