काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप लगाएका छन् ।
ईमेज टेलिभिजनको हटसिटमा जगदीश खरेलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा बताएका हुन् । \
उनले देशमा तनाव अति भएको भन्दै सिके राउत, विप्लवहरुलाई राजनीतिक मूलधारमा ल्याएको भन्दै देशमा तनाव बढाउन नहुने बताए ।
‘तनाव अति भयो देशमा । तनाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्वन्द्वको स्थितिबाट आयौं । अव तनावतिर होइन, अव प्रचण्डजीको हतियार उठाएर द्वन्द्व गर्ने भएपनि देशलाई द्वन्द्व र झमेलामा हाल्ने, उहाँले पार्टीलाई पनि झमेलामा हाल्नुहुन्छ, देशलाई पनि झमेलामा हाल्नुहुन्छ’, ओलीले भने, ‘उहाँ त एउटा राष्ट्रिय समस्या हो ।’
यो पनि ….
प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षसँग अब एकै ठाउँमा बस्न सकिने अवस्था नरहेको भन्दै उनीहरुमाथि जस्तोसुकै कारबाही हुने पनि स्पष्ट पार्नुभएको छ ।
माधव नेपालको अहंकारसँगै बस्न नसक्ने मुख्य कारक रहेको जिकीर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो चाहना बाँकी कार्यकाल पूरा गर्ने भए पनि देशको आवश्यकता तत्काल चुनाव भएकाले मुलुक त्यतैतिर जाने दाबी पनि गर्नुभयो ।
सरकारविरुद्ध कुनै पनि बेला अविश्वास प्रस्ताव आउन सक्नेतर्फ सचेत रहेको र त्यसका लागि आफू तयार रहेको पनि उहाँले बताउनुभयो ।
मधेशका मुद्दा सम्बोधनका लागि आफू तयार रहेको पनि प्रधानमन्त्रीको भनाइ छ ।
Comments are closed.